‘चुनावमा आफूले टिकट पाए ठिक, अरुले पाए बेठिक भन्ने प्रवृत्ति देखियो’
काठमाडाैं | साउन ७, २०७९
काठमाडौँ: नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले व्यवस्था परिवर्तनमा राजनीतिक दलबीचको एकता सफल भए पनि विकास र समृद्धिका विषयमा दलहरु एकजुट हुन नसकेको बताउनुभएको छ ।
सुर्खेतमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को निरन्तरता एमाले भएको दाबी गर्नुभएको छ । “चुनावमा आफूले टिकट पाए ठिक, अरुले पाए बेठिक भन्ने प्रवृत्ति सबैतिर देखियो, टिकट नपाए पनि जिताउँछु भन्नुपर्नेमा उल्टै असहयोग गरेको पाइयो”, उहाँले भन्नुभयो, “आफूले टिकट नपाउँदा घरमै बसिदिने, प्रचार–प्रसारमा नजाने र उम्मेदवारलाई हराउन लाग्ने जस्ता प्रवृत्ति चुनावमा देखियो, यस्तो प्रवृत्ति कम्युनिष्ट आचरणभित्र पर्दैन ।”
एमाले स्थायी कमिटी सदस्य एवं कर्णाली प्रदेश इञ्चार्ज यामलाल कँडेलले पार्टी कार्यकर्ता र जनप्रतिनिधिहरु सधैँ जनताको बीचमा देखिनुपर्ने बताउनुभयो । “पार्टीमा पद पाउनासाथ आफ्नो गाउँमा, क्षेत्रमा पाइला नटेक्ने कार्यकर्ताबाट चुनाव जित्न सकिँदैन, जनतामा माझमा पुगेर सुख–दुःखमा जसले साथ दियो उसैले जित्छ”, उहाँले भन्नुभयो ।
गण्डकी: कोही पिँढी त कोही आँगनमा बसेर कुची र रङ्गसँग खेल्दै थिए । प्रकृति र जीवनका अनेक भावभङ्गीलाई उनीहरुले क्यानभासमा उतारे । आइतबार पर्वतको कुश्मास्थित शताब्दी घर कलामय बन्यो । एकै थलोमा अनुजदेखि अग्...
काठमाडौं: राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनका लागि उमेदवारको बन्द सूची पेस गर्दा बढीमा ११० र कम्तीमा ११ जनाको नाम सूचीकृत गर्नुपर्ने भएको छ । आगामी फागुन २१ गते प्रत...
पोखरा: हिमालय क्रिकेट एकेडेमी कप २०८२ यु–१६ अन्तर विद्यालय पुरुष टि–२० क्रिकेट प्रतियोगिताको उपाधि डायमण्ड सेकेण्डरी स्कुलले जितेको छ । आइतबार पोखरा रंगशालामा सम्पन्न फाइनल खेलमा डाय...

